बालेनसहित यी १५ मन्त्रीले लिए शपथ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको शपथ गरेका छन् ।
शुक्रबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई देशको ४३औं प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन् ।
प्रधानमन्त्री बालेनसँगै १५ मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । बालेनले आफुसँग रक्षा तथा उद्योग मन्त्रालय आफैसँग राखेका छन् ।
जसमा अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, सुदन गुरुङ गृहमन्त्री, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल, उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ, पर्यटनमन्त्रीमा गणेश पौडेल, सस्मित पोखरेल शिक्षामन्त्री, स्वास्थ्य मन्त्रीमा निशा मेहता, डा. विक्रम तिमल्सिना सञ्चारमन्त्री, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, कानुनमन्त्रीमा सोबिता गौतम, गीता चौधरीले कृषिमन्त्री, दिपक शाह श्रममन्त्री र महिला बालबालिका मन्त्रीमा सीता वादीले शपथ लिएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.