निगमले पेट्रोलमा १५ र डिजलमा प्रतिलिटर १५ रुपैयाँले बढायो

बुधबार, ११ चैत २०८२, ९:३९ PM
post-image

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।

मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १८७ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर १६७ पर्ने भएको छ ।

निगमले बिगत एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको र सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजारमूल्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको जनाएको छ ।

यस कारणले निगमलाई १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा ५ अर्व घाटा हुने देखिएको र पछिल्लो समयको मूल्य बृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्व घाटा हुने देखिएको छ ।

निगमले मार्च १ देखि मार्च २४, २०२६ सम्म निगमले खरिद गर्ने पेट्रोलको मूल्यमा प्रति लिटर रु. ७६ र डिजलमा प्रति लिटर रु. १४३ बृद्धि भएको छ । पछिल्लो पटक निगमले मार्च १६, २०२६ मा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर १५ र डिजलमा प्रति लिटर १० मात्रले समायोजन गरेको थियो । यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य बृद्धि भइरहँदा र सोही अनुसार मूल्य समायोजन हुन नसक्दा घाटा रकममा उल्लेख्य बृद्धि भई इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना हुने देखिएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट हालसम्म माग बमोजिमको परिमाणमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेतापनि तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति व्यवस्थापन प्रभावित हुने देखिएको निगमले बताएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}