नेप्सेमा २४.४५ अंकको गिरावट, १५ अर्ब ९ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज बुधबार नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४५ कम्पनिका ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ मा कारोबार भएको थियो । आज उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, रिलायन्स स्मिनिंग मिल्स र सुपर खुदी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोलु र भुजुङ हाइड्रो तथा होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज सबैभन्दा बढी अभियान लघुवित्तको शेयर ७.७४ प्रतिशत र सालपा विकास बैंकको शेयर ६.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनगाढी पावरको ५२ करोड ४७ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ५१ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.