नेप्से २३.८३ अंकले बढ्यो, १४ अर्ब ८३ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज मंगलबार नेप्से २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४१ कम्पनिका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ मा कारोबार भएको थियो । आज होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, रिलायन्स स्मिनिंग मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने , सोलु हाइड्रोको शेयर ९.९९ र हिमालयन पावरको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ६.५६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी राढी जलविधुतको शेयर ६७ करोड ४३ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ५७ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.