विश्वभरका आफ्ना नागरिकका लागि अमेरिकाले जारी गर्यो चेतावनी

सोमबार, ९ चैत २०८२, ११:१४ AM
post-image

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै अमेरिकाले आफ्ना नागरिकका लागि विश्वव्यापी चेतावनी जारी गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले विश्वभर, विशेषगरी मध्यपूर्व क्षेत्रमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयले समय-समयमा हवाई मार्ग बन्द हुन सक्ने भएकाले यात्रामा अवरोध आउन सक्ने जनाएको छ । साथै, मध्यपूर्व बाहिर पनि अमेरिकी कूटनीतिक स्थलहरूलाई निशाना बनाइएका घटना भएको उल्लेख गरिएको छ ।

अमेरिकाले इरान समर्थित समूहहरूले विदेशमा रहेका अमेरिकी नागरिक र उनीहरूसँग सम्बन्धित स्थानहरूलाई लक्षित आक्रमण गर्न सक्ने चेतावनी समेत दिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}