इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण
काठमाडौँ । इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरको छ ।
कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार प्रशोधन केन्द्रमा धेरै वटा ड्रोनबाट आक्रमण गरिएको हो । आक्रमण भए पनि हालसम्म मानवीय क्षतिको खबर भने आएको छैन ।
सरकारी समाचार एजेन्सीका अनुसार मीना अल अहमदी प्रशोधन केन्द्रमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन आपतकालीन टोलीले लामो समयसम्म प्रयास गर्नुपरेको जनाइएको छ । केही उत्पादन एकाइहरू पनि अस्थायी रूपमा बन्द गरिएको छ ।
खाडी क्षेत्रका देशहरूले ऊर्जा केन्द्रहरूलाई आक्रमणबाट जोगाउने प्रयास गरिरहेका भए पनि युद्धका कारण ती स्थानहरू बारम्बार निशानामा परिरहेका छन् । दक्षिण पार्स ग्यास क्षेत्रमा इजरायलले आक्रमण गरेपछि त्यसको प्रत्युत्तरमा ईरानले कारबाही थालेको हो, जसको असर खाडी देशहरूमा समेत परेको छ ।
पवित्र रमजान महिनाको अन्त्यसँगै मनाइने ईदको समयमा समेत युद्ध रोकिने संकेत नदेखिएको जनाइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.