रास्वपाले वरिष्ठ नेता बालेनलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत संसदीय दलको नेता बनाउने भएको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपाले आफ्नो संसदीय दलको नेता निर्वाचित गर्न मतदान नगर्ने भएको छ । पार्टीका शीर्ष नेताहरूको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरूके सहमतिमै दलको नेता सर्वसम्मत निर्वाचित गर्ने तय गरिएको छ । उक्त सहमति अनुमोदनका लागि १२ गते केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ ।
१२ गते नै नवनिर्वाचित सांसदहरुको शपथपछि बालेनले प्रधानमन्त्रीको रुपमा चैत्र १३ गते शपथ लिने तयारी समेत भएको बताइएको छ ।