प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते

शुक्रबार, ६ चैत २०८२, १०:१ AM
post-image

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार हुने जनाएको हो । शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभा कक्षमा हुने तय भएको छ ।

सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।

साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ ।

संघीय संसद सचिवालयले भनेको छ: 

नेपालको संविधानको धारा ८८ र ९१ को उपधारा (५) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम देहायको मिति, समय र स्थानमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सदस्यहरूको शपथ हुने भएकोले उक्त कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित निर्धारित समयभन्दा दुई घण्टा अगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थितिका लागि सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरिन्छ ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनुहुने सदस्यले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची - ३ को ढाँचाको शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रम भन्दा तीन दिन अगावै सङ्घीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा सो शाखाको इमेल [email protected] मा उपलब्ध गराउनुहुन समेत अनुरोध गरिन्छ । साथै, सबै जिल्ला प्रशासन कार्यालयले यसै सूचनालाई आधार मानी आ- आफ्नो जिल्लाका निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई उल्लिखित व्यहोरा जानकारी गराइदिने व्यवस्था गर्नुहुन समेत अनुरोध गरिन्छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}