सुनको भाउ बढ्दा चाँदीकाे घट्यो, कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिनपनि बढेको छ

Artha Kendra Artha Kendra
सोमबार, ७ फाल्गुण २०८०, १२:१४ PM
फन्ट
सुनको भाउ बढ्दा चाँदीकाे घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ, ७ फागुन । नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिनपनि बढेको छ । शुक्रबारदेखी बढेको सुनको भाउले सोमबार पनि निरन्तरता पाएको छ ।

त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, आइतबार छापावाल सुन १ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ निर्धारण भएको थियो । 

यता, सोमबार चाँदीको भाउ भने २० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.