सुन तोलाको ५४ सयले घट्यो, चाँदीमा पनि गिरावट

नेपाली बजारमा आज सुनचाँदीको मुल्य आजपनि घटेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, ५ चैत २०८२, ११:४६ AM
फन्ट
सुन तोलाको ५४ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आजपनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ५४ सयले घटेर तोलाको ३ लाख २ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ७ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले घटेर ५०१० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५१५० मा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.