किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले किशोरी साह कमललाई कालोसूचीबाट हटाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
साहले आफूलाई कालो सूचीमा राखेको विषयमा अदालतमा रिट दायर गरेकोमा आज सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको पक्षमा अन्तरिम आदेश दिएको हो ।
अब शाहले आफ्नो उम्मेदवारी खारेजी विरुद्ध दायर गरेको रिटको पेसी भने शुक्रबारका लागि तोकिएको छ ।
निर्वाचनको मौन अवधि शुरु भएपछि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो ।
सो क्षेत्रमा उनको उम्मेदवारी खारेज भएपछि नेकपाका मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिनुको साथै प्रमाणपत्र प्रदान गरिएको थियो । मतदानमा शाहको उम्मेदवारी खारेज भएपनि उनले सबै भन्दा बढी मत पाएका छन् ।
तर आयोगले भने उनको उम्मेदवारी खारेज भएकाले ति मतलाई मान्यता नदिएर दोस्रो धेरै मत ल्याउने नेकपाका यादवलाई विजयी भएको प्रमाण पत्र दिएको थियो ।