नेप्सेमा सर्किट ब्रेकर, कारोबार ११:२१ बजेबाट पुनः खुल्ने

सोमबार, २५ फाल्गुण २०८२, ११:५ AM
post-image

९ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र वृद्धि भएपछि बजारमा सर्किट ब्रेकर लाग्दै कारोबार केही समयका लागि रोकिएको छ।

आज कारोबार सुरु भएको केही समयमै नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेर २,८२१.१० विन्दु पुगेपछि बजारमा सर्किट ब्रेकर लाग्दै कारोबार स्थगित गरिएको हो।

सर्किट ब्रेकरका कारण रोकिएको कारोबार ११:२१ बजेबाट पुनः खुल्ने जानकारी नेप्सेले दिएको छ।

बजार खुल्दा अधिकांश कम्पनीको शेयर मूल्य बढेको देखिएको छ। हालसम्म २२५ कम्पनीको शेयर मूल्य बढेको, १ कम्पनीको घटेको र कुनै पनि कम्पनीको मूल्य स्थिर नरहेको तथ्यांकले देखाएको छ।

त्यस्तै, बजार बन्द हुँदासम्म करिब १८ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}