समानुपातिकमा पनि रास्वपा अगाडी, कसले कति पाए ?
काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ७ लाख ६७ हजार ८०१ मत गणना भएको छ ।जसमा रास्वपाले ४ लाख २ हजार ५५५ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५२.४ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले एक लाख ३० हजार ६८८ मत अर्थात १७ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले एक लाख १ हजार ६०० अर्थात् १३.१ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ४८ हजार ८८ मत प्राप्त गरेको छ भने राप्रपाले २९ हजार ६४२ मत पाएको छ भने त्यस्तै श्रम संस्कृति पार्टीले १३ हजार ९१५ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले १० हजार ७२२ मत प्राप्त भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.