Breaking: बालेन शाह ६८ हजार मतसहित विजयी, झापा–५ मा ओली पराजित

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विजयी भएका छन्।

Artha Kendra Artha Kendra
शनिबार, २३ फाल्गुण २०८२, ६:२२ PM
फन्ट
Breaking: बालेन शाह ६८ हजार मतसहित विजयी, झापा–५ मा ओली पराजित

२३ फागुन, काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार उनले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका छन्। ओलीले भने १८ हजार ७३४ मत मात्र प्राप्त गरे। यससँगै ओलीले झापा–५ मा शर्मनाक हार व्यहोर्नु परेको छ

बालेन र ओलीबीच ४९ हजार ६१४ मतको फराकिलो अन्तर रहेको छ, जुन यस निर्वाचनकै उल्लेखनीय मतान्तरमध्ये एक मानिएको छ।

यस क्षेत्रमा त्यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ८ हजार ५९० मत प्राप्त गरेका छन् ।

एमाले अध्यक्ष ओली झापाबाट दोस्रो पटक पराजित भएका हुन्। यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए भने यसपटक रास्वपाका बालेन शाहसँग हार व्यहोरेका हुन्।

कुनै समय आफ्नो क्षेत्रमा ‘एमालेबाट जुत्ता उठाए पनि चुनाव जितिन्छ’ भन्ने आत्मविश्वास व्यक्त गर्ने ओली यसपटक भने इतिहासकै कठिन चुनावी प्रतिस्पर्धामा परेका थिए।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.