तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी
काठमाडौं । तनहुँ- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । वाग्लेले ३८ हजार ४० मत प्राप्त गरेर विजयी भएका हुन् । उनले नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मत अन्तरले पराजित गरेका छन् ।
भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन् भने एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएकी छन् ।
वाग्ले तनहुँ- १ बाट लगातार दोस्रो पटक निर्वाचित भएका छन् । यसअघि २०८० को उपनिर्वाचनमा पनि उनले काँग्रेसका भट्टराईलाई नै पराजित गरेका थिए ।