प्रतिनिधि सभा निर्वाचन २०८२ अपडेट: रास्वपा १९ स्थानमा विजयी, ९८ मा अग्रता

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत देशभर जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय प्रदर्शन गर्दै १९ स्थानमा जित हासिल गरेको छ भने ९८ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ।

Artha Kendra Artha Kendra
शनिबार, २३ फाल्गुण २०८२, ७:१३ AM
फन्ट
प्रतिनिधि सभा निर्वाचन २०८२ अपडेट: रास्वपा १९ स्थानमा विजयी, ९८ मा अग्रता

२३ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत देशभर जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय प्रदर्शन गर्दै १९ स्थानमा जित हासिल गरेको छ भने ९८ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ।

त्यस्तै अन्य प्रमुख दलहरूको अवस्था पनि क्रमशः सार्वजनिक हुँदै गएको छ।

नेपाली कांग्रेस ले हालसम्म ५ स्थानमा जित हासिल गरेको छ भने ९ स्थानमा अग्रता कायम राखेको छ।

नेकपा (एमाले) ले १ स्थानमा जित हासिल गरेको छ भने ११ स्थानमा अग्रता लिइरहेको छ।

यसैगरी नेकपा (माओवादी केन्द्र) ले २ स्थानमा जित हासिल गरेको छ भने १० स्थानमा अग्रता कायम राखेको छ।

रास्वपाका विजयी उम्मेदवारहरू

१. रविना आचार्य – मोरङ ६
२. मनिष झा – धनुषा ३
३. विना गुरुङ – कास्की ३
४. प्रदीप विष्ट – काठमाडौं १०
५. सन्तोष राजवंशी – मोरङ ४
६. डोलप्रसाद अर्याल – काठमाडौं १
७. प्रमोदकुमार महतो – महोत्तरी १
८. सुरेशकुमार चौधरी – बाँके १
९. उत्तमप्रसाद पौडेल – कास्की २
१०. सस्मित पोखरेल – काठमाडौं ५
११. खगेन्द्र इस्नार – बाँके ३
१२. पुकार बम – काठमाडौं ४
१३. धनञ्जय रेग्मी – स्याङ्जा १
१४. कन्हैया तानिया – सप्तरी ४
१५. गणेश पराजुली – काठमाडौं ७
१६. शिशिर खनाल – काठमाडौं ६
१७. विराजभक्त श्रेष्ठ – काठमाडौं ८
१८. राजुन्द्र पाण्डे – काठमाडौं ३
१९. रञ्जु न्यौपाने – काठमाडौं ९

नेपाली कांग्रेसका विजयी उम्मेदवारहरू

  1. बासना थापा – दैलेख १

  2. सन्तोष सुब्बा – तेह्रथुम १

  3. मोहन आचार्य – सुनसरी १

  4. योगेश गौचन थकाली – मुस्ताङ १

  5. टेकबहादुर गुरुङ – मनाङ १

नेकपा (एमाले) का विजयी उम्मेदवार

  1. मोहम्मद इश्तियाक राई  – बाँके २

नेकपा (माओवादी केन्द्र) का विजयी उम्मेदवारहरू

  1. महेन्द्रबहादुर शाही – कालीकोट १

  2. पुष्पकमल दाहाल ‘प्रचण्ड’ – रूकुम पूर्व १

देशभर मतगणना प्रक्रिया अझै जारी रहेको छ। विभिन्न जिल्लाबाट नतिजा आउने क्रम जारी रहेकाले आगामी समयमा दलहरूको जित र अग्रताको अवस्था थप स्पष्ट हुने अपेक्षा गरिएको छ। 🗳️📊

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.