मतगणना अपडेट: रास्वपा दुई तिहाईतर्फ अग्रसर, समानुपातिकको पनि गणना शुरु
काठमाडौँ । अहिलेसम्म जारी मतगणनामा रास्ट्रिय स्वतन्त्र पार्टीले २ जितसहित १०८ स्थानमा अग्रता बनाएको छ । अहिलेसम्मको मत गणना अपडेट अनुसार रास्वपा दुई तिहाई बहुमततर्फ अग्रसर भएको छ ।
काठमाडौँ- १ र ६ मा रास्वपा विजयी भएको छ भने मुस्ताङमा काँग्रेस विजयी भएको छ । त्यस्तै नेकपा एमाले १३ स्थानमा अगाडी रहेको छ भने काँग्रेस एक जितसहित १२ स्थानमा अगाडी रहेको छ ।
त्यस्तै नेकपा ९ स्थानमा अगाडी रहेको छ भने श्रम संस्कृति पार्टी ३ स्थानमा अगाडी रहेको छ । त्यसैगरी राप्रपा र प्रलोपा तथा स्वतन्त्र एक एक स्थानमा अगाडी रहेका छन् । अहिलेसम्म प्रत्यक्षतर्फ ३ स्थानको मत गणना सम्पन्न भएको छ बहने १४५ क्षेत्रमा मत गणना भइरहेको छ ।
त्यसैगरी प्रत्यक्षतर्फ मत गणना सकिएको क्षेत्रमा समानुपातिक तर्फ पनि मतगणना शुरु भएको छ । जस अनुसार अहिलेसम्म रास्वपाले साँझ ६ बजेसम्म ११ हजार ५६२ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले ३ हजार ६६४ मत पाएको छ । त्यस्तै राप्रपाले १७५२, एमालेले ११५२ मत, श्रम संस्कृति पार्टीले ४४१ र नेकपाले ३९२ मत मत पाएको छ ।