देशका विभिन्न स्थानमा मतगणना शुरु, रास्वपा अगाडी

शुक्रबार, २२ फाल्गुण २०८२, ७:२२ AM
post-image

काठमाडौँ । देशका विभिन्न स्थानमा मतगणना शुरु भएको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार मतगणना जारी रहेका २८ क्षेत्र मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी २४ स्थानमा अगाडी छ भने नेकपा एमाले ३ स्थानमा अगाडी रहेको छ । त्यस्तै नेपाली काँग्रेस एक स्थानमा अगाडी रहेको छ ।

जस अनुसार रास्वपा, मोरङ-१, मोरङ-४, मोरङ- ५ धनुषा-२, रौतहट-४, बारा-३,  काठमाडौँका १, २, ३,  ४, ५, ७, ८ र १०, भक्तपुरका १ र २, ललितपुर-२, चितवन-३, कास्की-२, ३ रुपन्देह- २, बाँके-१ र कंचनपुर-२ मा रास्वपा अगाडी रहेको छ  ।

त्यस्तै नेकपा एमाले, चितवन-२, रुपन्देही-४ र बाँके-२ मा अगाडी रहेको छ भने नेपाली काँग्रेस ललितपुर-१ मा अगाडी रहेको छ  ।    

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}