झापामा ६४. २४ प्रतिशत मतदान, मतपेटिका संकलन गरिदै
झापा । झापामा ६४. २४ प्रतिशत मतदान भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस अनुसार झापामा ४ लाख ५८ हजार ३६२ मत खसेको छ । जसमा महिला २ लाख ४२ हजार ५७५ र पुरुष २ लाख १५ हजार ७८५ जनाले मतदान गरेका छन् । झापामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेका थिए ।
झापाको क्षेत्र नम्बर १ मा ६३.९५ प्रतिशत. क्षेत्र नम्बर २ मा ६५.२५ प्रतिशत, क्षेत्र नम्बर ३ मा ६२.७९ प्रतिशत, क्षेत्र नम्बर ४ मा ६३.८५ प्रतिशत र क्षेत्र नम्बर ५ मा ६५.११ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिले झापाको मतपेटिका संकलन गर्ने काम भइरहेको र संकलन गरेर सकिएपछि सर्बदलीय बैठक बसेर मतगणना बारे निर्णय गर्ने बताइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.