बालेनले प्रधानमन्त्री कार्कीलाई भने- हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशिला कार्कीलाई निर्वाचन सम्पन्न गरेकोमा लोकतन्त्रले जितेको टिप्पणी गरेका छन् ।
बालेनले सामाजिक सञ्जालमा लेख्दै 'हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ' भन्ने टिप्पणी गरेका हुन् ।
झापा-५ बाट उम्मेदवार रहेका बालेनले आज काठमाडौँमा मतदान गरेर हेलिकप्टरबाट झापा जाने प्रयास गरेपनि उनी बीचबाट फर्किएर काठमाडौँमै रहेका छन् । उनी भोली मात्र झापा जाने बताइएको छ ।