कर्णालीमा ४१ प्रतिशत मतदान
सुर्खेत । कर्णाली प्रदेशमा साढे २ बजेसम्म ४१ प्रतिशत मत खसेको छ ।कर्णालीमा अहिलेसम्म ४ लाख २४ हजार ७५५ मत खसेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । सबैभन्दा धेरै मुगुमा ५५ प्रतिशत मत खेसेको छ भने सबैभन्दा कम मत कालिकोटमा ३० प्रतिशत मत खसेको छ । त्यस्तै दैलेखमा ३२ प्रतिशत, सुर्खेतमा ४१ प्रतिशत, जाजरकोटमा ४५ प्रतिशत, सल्यानमा ३९ प्रतिशत, रुकुमपश्चिममा ५० प्रतिशत, जुम्लामा ४४ प्रतिशत, डोल्पामा ५३ प्रतिशत, हुम्लामा ४८ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।कर्णाली प्रदेशमा १० लाख ३७ हजार २५० मतदाता रहेका छन् भने कुल १२ निर्वाचन क्षेत्रमा ९४१ मतदान केन्द्र रहेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.