प्राविधिक समस्याका कारण नेप्सेमा गलत तथ्यांक, बजार ३३% ले घटेको देखियो

नेप्से को प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सोमबार सेयर बजारसम्बन्धी गलत तथ्यांक प्रदर्शन भएको छ

Artha Kendra Artha Kendra
आइतबार, १७ फाल्गुण २०८२, ४:४१ PM
फन्ट
प्राविधिक समस्याका कारण नेप्सेमा गलत तथ्यांक, बजार ३३% ले घटेको देखियो

काठमाडौं — Nepal Stock Exchange (नेप्से) को प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सोमबार सेयर बजारसम्बन्धी गलत तथ्यांक प्रदर्शन भएको छ। नियमित कारोबार बन्द भएपछि केही समयसम्म सही तथ्यांक देखाइरहेको नेप्सेमा एक्कासी त्रुटिपूर्ण सूचना देखिन थालेको हो।

नेप्से परिसूचक १९ अंकले बढेको अवस्थामा रहँदा प्रणालीमा अचानक -८८५.३३ अंक अर्थात् -३३.३५ प्रतिशतले बजार घटेको विवरण देखाइएको थियो। उक्त विवरण सार्वजनिक भएसँगै लगानीकर्ताहरूमा अन्योल र चिन्ता उत्पन्न भएको थियो।

यस विषयमा नेप्सेका अधिकारीसँग जानकारी लिन खोज्दा प्राविधिक समस्याका कारण गलत डेटा देखिएको पुष्टि गरिएको छ। अधिकारीहरूले समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको र यथाशीघ्र सुधार गरिने बताएका छन्।

पछिल्ला समयहरूमा पनि नेप्से प्रणालीमा पटक–पटक समस्या देखिँदै आएको छ। बारम्बार यस्ता प्राविधिक अवरोध आउँदा लगानीकर्ताहरू प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्। बजारसम्बन्धी तथ्यांकमा देखिने त्रुटिले लगानी निर्णयमा असर पार्ने भएकाले प्रणालीको स्थायित्व र विश्वसनीयता सुनिश्चित गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।

हाल समस्या समाधानको प्रयास जारी रहेको नेप्सेले जनाएको छ।

No description available.

No description available.

#Update: उक्त प्राविधिक समस्या समाधान भइसकेको छ र प्रणाली पुनः सामान्य रूपमा सञ्चालनमा आएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.