‘दंगल’ मा आमिर खानकी छोरी बनेकी सुहानीको १९ वर्षकै उमेरमा निधन
बलिउडको सफल फिल्म दंगलकी अभिनेत्री सुहानी भटनागरको निधन भएको छ।
उनले सो फिल्ममा बबिता फोगटको भूमिका निर्वाह गरेकी थिइन्।
आमिर खान प्रोडक्सन कम्पनीले उनको निधनको पुष्टि गरेको हो।
उनको मृत्युको कारण खुलिसकेको छैन। तर, सुहानी आफ्नो भाँचिएको खुट्टाको उपचार गरिरहेकी थिइन्।उनी एम्स दिल्लीमा उपचाररत थिइन्।
‘सुहानीको निधनको खबरले दुःखी छौँ। उनकी आमा पूजाजी र पूरै परिवारप्रति हाम्रो हार्दिक समवेदना,’ आमिर खान प्रोडक्सनले एक्समा भनेको छ, ‘सुहानीबिना दंगल अपूरो हुने थियो।२०१६ को यो फिल्मपछि उनले केही विज्ञापनमा काम गरेकी थिइन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.