साम्बाको उपचारमा नेपाली काँग्रेसले पाँच लाख सहयोग गर्ने

मंगलबार, १२ फाल्गुण २०८२, ११:४४ AM
post-image

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले नेपाली महिला टिमकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने भएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) को खेलाडी उपचार कोषमा पार्टीले पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका छन् ।

शर्माले देशको प्रतिष्ठा उचाल्न महत्वपूर्ण योगदान पुर्‍याएकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि सहयोग आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसका तर्फबाट उक्त रकम उपलब्ध गराइने बताएका हुन् ।

इन्जुरीका कारण मैदान बाहिर रहेकी साम्बाको उपचारमा एन्फाले चासो नदिएपछि उनले सोमबार आम जनतासँग सहयोग मागेकी थिइन् । साम्बाको उपचारमा अहिले आमा जनताले सहयोग गरिरहेका छन् । साम्बाको सहयोग याचना पछि एन्फाले पनि विज्ञप्ति निकालेर उनको उपचारमा पहल गरिरहेको स्पष्टीकरण दिएको छ । त्यस्तै काठमाडौँ मेडिकल कलेजले साम्बाको नि: शुल्क गरिदिने प्रस्ताव समेत गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}