आज सुनचाँदीको मुल्य कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, १२ फाल्गुण २०८२, ११:२५ AM
फन्ट
आज सुनचाँदीको मुल्य कति पुग्यो ?

१२ फागुन, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ५५८५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५५९५ मा कारोबार भएको थियो ।

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.