दीपेन्द्रसिंह ऐरी पीएसएल खेल्ने, इस्लामावाद युनाइटेडमा अनुबन्ध

बिहिबार, २९ माघ २०८२, ११:२४ AM
post-image

२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तानको फ्रेन्चाइज टी-२० लिग पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्ध भएका छन् ।

दीपेन्द्रलाई इस्लामाबाद युनाइटेडले अक्सनबाट ६० लाख पाकिस्तानी रुपैयाँ अर्थात ३१ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । 

पाकिस्तानी सुपर लिगको ११औँ संस्करण यही मार्च २६ देखि ३ मे सम्म हुदैछ । इस्लामबाद युनाइटेडपीएसएलको सफल टिम मध्ये एक हो । 

यसले तीन पटक पीएसएलको उपाधि जितेको छ । इस्लामबादले २०१६ को पीएसएलको पहिलो संस्करण जितेको थियो भने त्यसपछि २०१८ र २०२४ मा जितेको थियो । 

इस्लामावादको टिमको कप्तान पाकिस्तानका राष्ट्रिय टिमका खेलाडी शडाब खान रहेका छन् भने यस टिममा न्यूजील्याण्डका डेभोन कोनवे, मार्क च्याम्पम्यान, पाकिस्तानका हैदर अली लगायतका खेलाडी रहेका छन् । 

योसँगै दीपेन्द्र नेपालबाट पीएसएल खेल्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि सन्दीप लामिछानेले पनि पीएसएल खेलेका थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}