एलडीपीको भारी जितपछि जापानको शेयर बजार उच्च विन्दुमा
काठमाडौँ । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आमनिर्वाचनमा भारी बहुमत हासिल गरेपछि जापानको प्रमुख सेयर सूचकांक निक्केई २२५ अंकको ऐतिहासिक वृद्धि भएको छ ।
निर्वाचन जितसँगै सेयर बजारमा व्यापक खरिद बढ्दा निक्केई २२५ सूचकांक ३.८९ प्रतिशतले उक्लिँदै ५६,३६३ अंकमा बन्द भएको एनएचकेले उल्लेख गरेको छ ।
यो अहिलेसम्मकै उच्च स्तर हो । कारोबारका क्रममा सूचकांक झन्डै ५.७ प्रतिशतले बढेर पहिलो पटक ५७,००० अंक पार गरेको थियो ।
प्रधानमन्त्री सानाए ताकाइचीले अघि सारेको 'जिम्मेवार र सक्रिय वित्तीय नीति' प्रति लगानीकर्ताहरूको आशाका कारण निर्वाचनअघि नै सेयर बजारमा सुधार देखिएको थि यो। अब सरकारी खर्च वृद्धि र उपभोग कर कटौतीसम्बन्धी सम्भावित निर्णयतर्फ लगानीकर्ताको ध्यान केन्द्रित भएको छ ।
विश्लेषकहरूका अनुसार ती नीतिगत कदमहरूले आगामी दिनमा जापानको वित्तीय बजारमा थप प्रभाव पार्न सक्नेछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.