डलर भाउ सामान्य बढ्दा युरो र पाउण्डको भाउ पनि बढ्यो, अरुको अवस्था के छ ?
काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलर भाउ सामान्य बढ्दा युरो र पाउण्डको भाउ पनि बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार ०२ पैसाले बढेर अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो।
शुक्रबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रूपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ५२ पैसाले बढेको हो। बिहिबार यसको खरिददर १४१ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४२ रूपैयाँ ४७ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ १३ पैसाले बढेर एकको खरिददर १६६ रूपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रूपैयाँ १० पैसा कायम गरिएको छ। बिहिबार यसको खरिददर १६६ रूपैयाँ २२ पैसा र बिक्रीदर १६६ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ १५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ५४ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९७ रूपैयाँ ९० पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८८ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर १० रुपैयाँ कायम गरेको जनाइएको छ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २७ रूपैयाँ ७३ पैसा र बिक्रीदर २७ रूपैयाँ ८६ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २६ पैसा र बिक्रीदर ४३२ रूपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.