बालेनलाई निर्वाचन आयोगले दोस्रो पटक सोध्यो स्पष्टीकरण

सोमबार, १९ माघ २०८२, ४:८ PM
post-image

१९ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

झापा- ५ मा चुनाव प्रचारको क्रममा बालेनकी श्रीमती सबिना काफ्लेसँग सादा पोसाकका प्रहरीले पनि मत मागिरहेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले बालेनलाई तीन दिनभित्र जवाफ माग गर्दै स्पष्टीकरण सोधेको छ ।

यसअघि बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पोष्टमा गरेको कमेन्टका विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}