सुन तोलाको १३ हजार ४ सयले घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

Artha Kendra Artha Kendra
सोमबार, १९ माघ २०८२, ११:१३ AM
फन्ट
सुन तोलाको १३ हजार ४ सयले घट्यो

१९ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको १३ हजार ४ सयले घटेर तोलाको २ लाख ८६ हजार ६०० सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाखमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३००  रुपैयाँले घटेर तोलाको ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ५ सयमा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.