भारतले नेपाललाई दिने अनुदान रकम सय करोडले बढायो
काठमाडौँ । भारतले केन्द्रीय बजेटमार्फत नेपाललाई प्रदान गरिने विकास सहयोग रकम बढाएको छ ।
आइतबार भारतको संसदमा बार्षिक बजेट सार्बजनिक गर्दै अर्थमन्त्री निर्मला सितारमणले भारतको ‘छिमेक पहिलो’ नीतिअन्तर्गत नेपाललाई ८०० करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेकी हुन् । भारतले अघिल्लो बर्षको अनुदान भन्दा १०० करोड भारु बढाएको हो ।
भारतले दिएको अनुदान रकम नेपालको पूर्वाधार निर्माण, सीमा क्षेत्रका विकास आयोजना तथा सामाजिक क्षेत्रका परियोजनामा खर्च हदै आएको छ ।
बजेटमा भारतले यसपटक नेपालसँगै भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम बढाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.