बालेनसँग प्रचारमा हिडेका दिनेश सिटौला बेहोस, सेनाको जहाजबाट काठमाडौँ लगियो
सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहसँगै गएका दिनेश सिटौला अचानक बेहोस भएपछि उपचारका लागि काठमाडौं लागिएको छ ।
सुर्खेत । सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहसँगै गएका दिनेश सिटौला अचानक बेहोस भएपछि उपचारका लागि काठमाडौं लागिएको छ ।
बालेनको टोली अछामको मंगलसेनतर्फ जाँदै गर्दा शुक्रबार बिहान करिब ९: ३० बजे बाटोमा चिया खान गाडी रोकिएको थियो । अछामका रास्वपा उम्मेदवार भूपदेव शाहको घर नजिकै रहेको सो स्थानमा गाडीबाट ओर्लिन लाग्दा सिटौला अचानक बेहोस भएर ढलेका थिए ।
घटनापछि उनलाई तत्काल अछाम जिल्ला अस्पताल पुर्याइएको थियो । सिटौलाको टाउकोमा गम्भीर चोट लागेकाले बताइएको छ ।
उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएपछि उनलाई सेनाको हेलिकप्टरबाट सुर्खेत र त्यहाबाट सेनाको जहाजबाट काठमाडौं लागिएको हो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.