फेरी कसैले शहिद बन्नु नपरोस्- बालेन
१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पटक-पटक व्यवस्था फेरिएपनि सत्ताको चरित्र नफेरिएको बताएका छन् ।
शहिद दिवसको अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेनले अब आफुहरु शहिदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेको बताएका छन् ।
उनले भनेका छन्- 'पटक-पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पुरा हुन सकेनन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो । अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं । सहिदको सपना पूरा गर्ने बाटोमा आफूहरू अघि बढेको बताएका छन् ।'
उनले लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा रहेको बताउदै राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व आफुहरुसँग रहेको बताएका छन् ।
शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन भन्दै बालेनले भनेका छन्- 'अब समय आएको छ- शहीदका रगतलाई सम्मान गर्दै वहाँहरुको सपना पुरा गर्ने । सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने । यसपटकको शहीद दिवस सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको स्मरण गर्दै वहाँहरुको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो । फेरी कसैले शहीद बन्नु नपरोस् !'
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.