सुन तोलाको २० हजार ५ सयले घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, १६ माघ २०८२, ११:२५ AM
फन्ट
सुन तोलाको २० हजार ५ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको २० हजार ५ सयले घटेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४० रुपैयाँले घटेर तोलाको ७०६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ७५०५ रुपैयाँमा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.