नेप्सेमा दोहोरो अंकको गिरावट, १४ अर्ब ५६ करोडको कारोबार
१५ माघ, काठमाडौं । नेप्से आज दोहोरो अंकको गिरावट आएको छ । विहिबार नेप्से १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२० कम्पनिका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ मा कारोबार भएको थियो । आज हाइड्रो, लगानी र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज हिमाल दोलखा हाइड्रोको सबैभन्दा बढी ९.२३ प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोको शेयर ९.१९ प्रतिशतले बढेको छ । त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी विकास बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको ५९ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ५२ करोड २९ लाख कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.