सुन तोलाको ९५ सयले बढ्यो, चाँदीपनि आकाशियो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, १४ माघ २०८२, १:४१ PM
फन्ट
सुन तोलाको ९५ सयले बढ्यो, चाँदीपनि आकाशियो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले बढेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको ३ लाख ९ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४३० रुपैयाँले बढेर तोलाको ७३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार चाँदी तोलाको ६८७०  रुपैयाँमा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.