नेप्सेमा सामान्य करेक्सन, १६ अर्बको कारोबार
१२ माघ, काठमाडौँ । नेप्सेमा आज सामान्य करेक्सन आएको छ । सोमबार नेप्से ३.०७ अंकले घटेर २७६९.०९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३२ कम्पनिका ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज एसवाई प्यानल, हिमस्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी विकास बैंक र माउन्टेन हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९१ प्रतिशतले बढेको छ । त्यस्तै आज नेशनल हाइड्रोको सबै भन्दा बढी ३.१२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालयन पावरको ६५ करोड ९३ लाख कारोबार भएको छ भने अन्खु खोला हाइड्रोको ५६ करोड १६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै मन्जुश्री फाइनान्सको ५२ करोड र एसवाई प्यानलको ५० करोडको कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.