सर्लाही पुगे काँग्रेस सभापति गगन थापा
१२ माघ, सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापा चुनावी अभियान शुरु गर्न सर्लाही पुगेका छन् । सोमबार बिहान सिमरा विमानस्थलमा उत्रिएका सभापति थापाको काँग्रेस नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
सर्लाही-४ बाट उम्मेदवार बनेका थापाले अब आफ्नो क्षेत्रमा पार्टीका स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेर चुनावी अभियान शुरु गर्ने बताइएको छ ।
थापाको सर्लाही बसाइका क्रममा उनले आफ्नो क्षेत्र बाहेक समग्र मधेश प्रदेशको चुनावी क्याम्पेनको नेतृत्व गर्ने बताइएको छ । काँग्रेसले मधेश प्रदेशमा आगामी फागुन ७ गते चुनावी विशेष सभाको आयोजना गर्ने निर्णय गरिसकेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.