महेश बस्नेतले किन मागे माफी ?

बिहिबार, ८ माघ २०८२, २:३९ PM
post-image

८ माघ, काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाहको जनकपुरधामको भाषणप्रति गरेको टिप्पणीप्रति माफी मागेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले आफु मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति भएको बताउदै नबोलेका  बिषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गरेका छन् । सथौ उनले कसैलाई अनजानमा चोट पुगेको भए क्षमायाचना गरेका छन् ।

उनले भनेका छन्- बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। म मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति हुँ । मैले नबोलेका  बिषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु । कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}