सुनको मूल्य ताेलामानै १० हजार ४०० ले बढ्याे

बुधबार, ७ माघ २०८२, १२:२५ PM
post-image
७ माघ, काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। सो मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो।
 
यस दिन चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ। आजको बजारमा चाँदी तोला ५ हजार ८९२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८८० रुपैयाँमा खरिद बिक्री भएको थियो। मंगलबार कायम मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो।
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}