सुनको मूल्य ताेलामानै १० हजार ४०० ले बढ्याे
७ माघ, काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। सो मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो।
यस दिन चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ। आजको बजारमा चाँदी तोला ५ हजार ८९२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८८० रुपैयाँमा खरिद बिक्री भएको थियो। मंगलबार कायम मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.