महावीर पुन चुनाव लड्दै, म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
पोखरा । शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिएका छन् ।
यसअघि आफु उम्मेदवार नबन्ने बताउदै आएका पुनले अचानक मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् । उनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी समेत दर्ता गराएका हुन् । सोमबार नै म्याग्दी पुगेका पुनले उतैबाट मंगलबार बिहान राजीनामा दिएका थिए ।
गत निर्वाचनमा म्याग्दीबाट नेपाली काँग्रेसका खामबहादुर गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.