देउवा पक्षको रिट न्यायाधीश पोखरेलको एकल इजालसमा

मंगलबार, ६ माघ २०८२, ११:४९ AM
post-image

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर गरेको निर्वाचन आयोगको निर्णयविरुद्ध रिटको पेसी आज रहेको छ । 

यो रिटको पेसी न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा तोकिएको छ ।   

आयोगले शुक्रबार गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि सो निर्णयविरुद्ध देउवा समूह आइतबार सर्वाच्च अदालत पुगेको थियो ।

रिटमा पार्टीको विधान विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरिएको भन्दै विशेष महाधिवेशन अवैधानिक कायम गर्न माग गरिएको छ । त्यस्तै रिटमा गगन थापा नेतृत्वको केन्द्रीय समिति अवैधानिक घोषणा गर्न परामादेश माग गरिएको छ ।

आज फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको आज उम्मेदवार मनोनयनको तालिका रहेको छ । कांग्रेसका सबै पक्षबीच सर्वोच्चको निर्णयलाई मानेर जाने सहमति भएको बताइएको छ । जस अनुसार सभापति गगन थापाले चुनावका लागि टिकट वितरण गरिरहेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}