विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ देखि २४ गतेसम्म खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) को बाँडफाँट आज सम्पन्न भएको छ। एनएमवि क्यापिटलका अनुसार कुल ४६ हजार ६८१ जनाले १०–१० कित्ता शेयर प्राप्त गरेका छन् भने तीमध्ये ७ जनाले अतिरिक्त १–१ कित्ता थप पाएका छन्।
लगानीकर्ताले नतिजा हेर्न एनएमवि क्यापिटल, मेरोसेयर एकाउन्ट, सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ , कम्पनीको आधिकारिक वेबसाइट साथै Share Hub एपमार्फत पनि हेर्न सक्नेछन्।
यस एफपीओअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ लाख ६६ हजार ८१७ कित्ता शेयर निष्काशन गरेको हो। यसबाट कुल ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखिएको छ। संस्थापक र सर्वसाधारणबीचको स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ ल्याइएको हो।
सारथी लघुवित्तसँगको मर्जरपछि विजय लघुवित्तको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। मर्जरपछि संस्थापक र सर्वसाधारणबीचको स्वामित्व अनुपात ७४.३९ः२५.६१ प्रतिशत भएकोले असन्तुलन समायोजन गर्न थप साधारण शेयर निष्काशन गरिएको हो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.