सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलद्वारा पदबाट राजीनामा
काठमाडौं । सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सम्माननीय प्रधानमन्त्रीसमक्ष औपचारिक पत्र बुझाउँदै मन्त्री पदबाट अलग हुने निर्णय लिएका हुन्।
पत्रमा खरेलले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा सहभागी भई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनुलाई सम्मान र विश्वासको विषय भएको उल्लेख गरेका छन्। देशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री तथा पहिलो महिला प्रधानन्यायाधीशको कार्यकालमा सहभागी हुन पाउनु गौरवपूर्ण र अविस्मरणीय अनुभव भएको उनले बताएका छन्।
वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको सन्दर्भमा दलीय राजनीतिमा सक्रिय तथा उत्तरदायी भूमिका निर्वाह गर्न आवश्यक भएको महसुस गरेपछि मन्त्री पदमा निरन्तर रहन उपयुक्त नदेखिएको खरेलको भनाइ छ। यही कारणले उनले पदबाट राजीनामा दिने निर्णय लिएको स्पष्ट पारेका छन्।
यसअघि मन्त्री खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको समाचार सार्वजनिक भइरहेका थिए। सोही पृष्ठभूमिमा आएको उनको राजीनामालाई दलीय राजनीतिमा सक्रिय भूमिकातर्फ अग्रसर हुने संकेतका रूपमा हेरिएको छ।
राजीनामा स्वीकार गरिदिन प्रधानमन्त्रीसमक्ष उनले सविनय अनुरोधसमेत गरेका छन्। साथै, आगामी दिनमा आफ्नो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नतिमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.