सुनको मुल्यमा भारि गिरावाट, एकैदीनमा तोलामा १२०० सस्तीयो सुन !!
काठमाडौं: बुधबार सुनको मुल्यमा भारि गिरावाट आएको छ । मंगलबार १ लाख १७ हजार ७०० मा कारोबार भइरहेको सुन बुधबार तोलामा १२०० ले घट्न गई हाल प्रती तोला १ लाख १६ हजार ५०० रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्यमा पनि गिरावट आएको छ। तोलामा ३० रुपैँया घट्न गई हाल प्रतीतोला १ हजार ३६५ रुपैँयामा मा कारोबार भइरहेको छ।
मंगलबार बेलुकी ७:१५ मा अमेरिकी सोपीआई डेटामा वृद्बि भयसँगै, अमेरिकि डलरमा उछाल आउनाले अन्तराष्ट्र्रिय बजारमा सुनको मुल्यमा भारी गिरावट आएको हो । हाल अन्तराष्ट्रिय बजारमा सुनको मुल्य प्रतिऔंस १९९० डलरमा कारोबार भइरहेको छ । त्यतै चाँदि प्रतिऔंस २२.०२ डलरमा कारोबार भइरहेको छ ।