कमल सुवेदीलाई रास्वपाको दाङ–३ बाट टिकट
काठमाडौं, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कमल सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पनि सुवेदीले सोही क्षेत्रबाट रास्वपाको तर्फबाट निर्वाचन लडेका थिए।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा दाङ–३ बाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ३६,९११ मतसहित विजय हासिल गरेका थिए। नेकपा एमालेकी उम्मेदवार कोमल ओली २९,०९१ मतसहित दोस्रो स्थानमा रहँदा रास्वपाका उम्मेदवार कमल सुवेदी १५,३२६ मत प्राप्त गर्दै तेस्रो स्थानमा थिए।