काठमाडौंका मेयर बालेनले दिए राजीनामा

आइतबार, ४ माघ २०८२, ३:४६ PM
post-image

४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले आज दिउँसोदेखि लागू हुने गरी उपमेयर/उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।

मेयर शाह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन्। राजीनामापछि उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जाने कार्यक्रमसमेत रहेको छ।

रास्वपाले शाहलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको छ भने उनी सोही पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत बनेका छन्। मेयर पदबाट राजीनामासँगै उनी अब पूर्ण रूपमा राष्ट्रिय राजनीतिमा सक्रिय हुने भएका छन्।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}