ओलीसँग प्रतिस्पर्धी नेताहरू टिकटविहीन : एमालेको निर्णयमा असन्तुष्टि

एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवार टुंग्याए तर ओली विरोधी नेताहरू टिकटविहीन बने।

Artha Kendra Artha Kendra
आइतबार, ४ माघ २०८२, २:११ PM
फन्ट
ओलीसँग प्रतिस्पर्धी नेताहरू टिकटविहीन : एमालेको निर्णयमा असन्तुष्टि

नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ। शनिबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंग्याए पनि पार्टीका प्रभावशाली नेताहरूलाई भने टिकट दिइएन।

पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका केन्द्रीय सदस्य ईश्वर पोखरेलसहितका नेताहरू टिकटविहीन बनेका छन्। टिकट नपाउनेमा सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापा, ऐन महर, झपट रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, विनोद खतिवडा, छविलाल विश्वकर्मा, नीरज आचार्य, विष्णु रिजाल र उषाकिरण तिम्सेना रहेका छन्।

यीमध्ये धेरैजना पोखरेल पक्षबाट सक्रिय थिए। तर ओली निकट मानिएका केही नेताहरू पनि टिकटविहीन बनेका छन्। सचिवालय बैठकमा उम्मेदवार छनोटमा मापदण्ड नअपनाइएको भन्दै असन्तुष्टि प्रकट भएको छ।

नेतृ उषाकिरण तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी छन् भने उपमहासचिव योगेश भट्टराईले पार्टीका उम्मेदवारलाई विजयी बनाउन उच्च मनोबलका साथ सक्रिय रहन आग्रह गरेका छन्।

केही क्षेत्रमा अझै उम्मेदवार घोषणा हुन बाँकी रहेकाले थप नाम समेटिने अपेक्षा गरिएको छ।

सम्बन्धित (पुरानो)
टिकट नपाए पछि एमाले नेता विष्णु रिजालको असन्तुष्टि- तेस्रो पटक पनि नेतृत्वको रोजाईमा परिएन

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रतिनिधि सभामा टिकट नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.