ओलीसँग प्रतिस्पर्धी नेताहरू टिकटविहीन : एमालेको निर्णयमा असन्तुष्टि

आइतबार, ४ माघ २०८२, २:२६ PM
post-image

नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ। शनिबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंग्याए पनि पार्टीका प्रभावशाली नेताहरूलाई भने टिकट दिइएन।

पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका केन्द्रीय सदस्य ईश्वर पोखरेलसहितका नेताहरू टिकटविहीन बनेका छन्। टिकट नपाउनेमा सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापा, ऐन महर, झपट रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, विनोद खतिवडा, छविलाल विश्वकर्मा, नीरज आचार्य, विष्णु रिजाल र उषाकिरण तिम्सेना रहेका छन्।

यीमध्ये धेरैजना पोखरेल पक्षबाट सक्रिय थिए। तर ओली निकट मानिएका केही नेताहरू पनि टिकटविहीन बनेका छन्। सचिवालय बैठकमा उम्मेदवार छनोटमा मापदण्ड नअपनाइएको भन्दै असन्तुष्टि प्रकट भएको छ।

नेतृ उषाकिरण तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी छन् भने उपमहासचिव योगेश भट्टराईले पार्टीका उम्मेदवारलाई विजयी बनाउन उच्च मनोबलका साथ सक्रिय रहन आग्रह गरेका छन्।

केही क्षेत्रमा अझै उम्मेदवार घोषणा हुन बाँकी रहेकाले थप नाम समेटिने अपेक्षा गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}