काँग्रेस विवाद: डा. शेखर कोइराला पक्ष सर्वोच्च गएन, रणनीति बनाउन बैठक बस्दै
४ माघ, काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला गगन थापा नेतृत्वको काँग्रेससँग सहकार्य गर्ने संकेत गरेको छ । एकपछि अर्को नेताहरु गगन पक्षमा खुल्न लागेपछि दबाबमा रहेको कोइराला पक्षले आगामी रणनीति तय गर्न आज भेला बोलाएको छ ।
डा. शेखर कोइराला शनिबार देउवा पक्षको बैठकमा गएपनि निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलनमा जान नहुने सुझाव दिएर फर्किएका थिए ।
तर आइतबार देउवा पक्ष आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जादा कोइराला पक्षका नेताहरु अनुपस्थित रहेका थिए ।
पूर्णबहादुर खड्कासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह मीनबहादुर विश्वकर्मालगायत नेताहरू सर्वोच्चमा पुगेपनि कोइराला पक्षका नेताहरु गएका थिएनन् । कोइरालाले आफ्नो पक्षका नेताहरुसँग आज छलफल गर्न बोलाएको एक नेताले जानकारी दिएका छन् । उनी पक्षका नेताहरुले रुख चिन्ह र चारतारे झन्डा हुने पक्षसँगै एकताबद्ध हुनुपर्ने दबाब दिएपछि कोइरालाले देउवा पक्षबाट आफुलाई अलग राखेका छन् ।
यसअघि शुक्रबार निर्वाचन आयोग पुगेर आफ्ना धारणा राख्दै कोइरालाले विशेष महाधिवेशन अवैधानिक भएको र नयाँ नेतृत्व आधिकारिक नभएको स्पष्ट धारणा राखेका थिए ।