निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्चमा
४ माघ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समुह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।
आयोगले शुक्रबार गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि सो निर्णयविरुद्ध देउवा समूह आइतबार सर्वाच्च अदालत पुगेको हो ।
नेता पूर्णबहादुर खड्का रिट निवेदन लिएर सर्वोच्च पुगेका छन् । रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ । सर्वोच्च प्रशासनले रिटको अध्ययन गरेर दर्ता प्रक्रिया अगाडी बढाउने छ ।
रिटमा पार्टीको विधान विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरिएको भन्दै विशेष महाधिवेशन अवैधानिक कायम गर्न माग गरिएको छ ।
सोमबार सार्बजनिक बिदा भएकोले र मंगलबार फागुन २१ मा हुने प्रतिनिधि सभाको उम्मेदवार मनोनयन दर्ता गर्ने दिन भएकाले समयको दबाबका बीच देउवा पक्ष सर्वोच्च पुगेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.